News Portal

अस्पतालले भर्ना नलिएका कारण कोरोना संक्रमित पुरूषकाे मृत्यु

रातोपोस्ट संवाददाता
६१५ पटक

सुनसरी, २९ असाेज। धरानकाे बीपी प्रतिष्ठान स्थित कोभिड–१९ अस्पतालले भर्ना नलिएका कारण कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-९ का ५८ वर्षीय पुरुषको अस्पतालले भर्ना नलिएका कारण घरमै मृत्यु भएको हो।

मृतक पुरूषकाे कोरोना पोजिटिभ देखिएपश्चात प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि बुधबार लगिए पनि संक्रमित पुरुषलाई भर्ना नलिए पश्चात घरमा फर्काउन बाध्य भएको र प्रतिष्ठानका चिकित्सकको चरम लापरवाहि र गैह्र जिम्मेवारीपनका कारण उनकाे मृत्यु भएकाे उक्त वडाका अध्यक्ष रत्न कटुवालले बताए।

संक्रमितलाई बुधबार दिउँसोदेखि नै अस्पताल भर्ना गर्न अनुरोध गर्दा पनि प्रतिष्ठानका चिकित्सकहरुले भर्ना गर्न अस्विकार गरेको वडाअध्यक्ष कटुवालले बताए। संक्रमित पुरुषलाई अक्सिजन कम भएपछि कोभिड अस्पताल भर्ना गर्न कोभिड अस्पतालका फोकल पर्सन इन्द्र लिम्बुलाई पटक–पटक अनुरोध गर्दासमेत संक्रमित बिरामीलाई भर्ना नगरिएको वडाअध्यक्ष कटुवालकाे आरोप छ। मृतकलाई हप्तादिन अगाडि ज्वरो आएको भएपनि तीनदिन अगाडि मात्र कोरोना पोजिटिभ देखिएको थियो।

प्रतिकृया दिनुहोस्