News Portal

कर्मचारीमा काेराेना संक्रमण देखिएपछी पाेखरा महानगरपालिका अनिश्चितकालीन बन्द

रातोपोस्ट संवाददाता
१२०९ पटक

कास्की,२९ असाेज। कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण  देखिएपछी पाेखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित  गरेको छ । नगर प्रमुख मान बहादुर जि.सी ले आज बिहीवार एक सुचना जारी गर्दै महानगरपालिकामा  कार्यरत केही कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै  अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकाे जानकारी गराएका छन्। ।

सूचना अनुसार महानगरका केही कर्मचारीमा काेेराेना संक्रमण देखिएको र स्वास्थ्य मापदण्ड अनुसार  अन्यकाे कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकाेले अत्यावश्यक बाहेकका सम्पुर्ण  सेवा अर्काे सूचना जारी नभएसम्मका लागी स्थगित गरिएकाे हाे।
महानगरपालिकाका  वडा कार्यालयहरू तथा विषयगत महाशाखाहरूबाट प्रदान गरिने सेवा भने  सुचारू रहने  जानकारी गराइएकाे छ।

प्रतिकृया दिनुहोस्