News Portal

पछिल्लाे २४ घण्टामा नेपालमा ३७ सय ४९ जना संक्रमित, १९ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
७४९ पटक

काठमाडाैँ,२९ असाेज । पछिल्लाे २४ घण्टामा नेपालमा ३७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ भने १९ जनाको मृत्यु भएको छ । याे सँगै संक्रमितकाे संख्या १ लाख २१ हजार ७४५ पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३६ हजार ५३३ पुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्, भने बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)