News Portal

प्रहरी र हतियारधारी समूहबीच झडप, चार पक्राउ 

रातोपोस्ट संवाददाता
६८६ पटक

पर्सा, २९ असाेज। पर्सामा लागुऔषध तस्कर र प्रहरीबीच झडप भएकाे छ।  पर्साको ठोरी गाउँपालिका स्थित जंगलछेउको ओरिया खोलामा  प्रहरी र  लागुऔषध तस्कर समूहबीच बुधबार राति झडप भएको प्रहरीले जनाएकाे छ ।

हातहतियारसहित आएको  तस्कर समूहले प्रहरीमाथि  फायर खाेलेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । उनका अनुसार हतियारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूबाट एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउन्ड गोली र एक थान खुकुरी बरामद भएको उनले बताए । लागुऔषध गाँजा आइरहेको सूचनाको आधारमा बगरमा प्रहरी खटाइएको प्रहरी निरीक्षक साहले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयकाे  हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्