News Portal

झापाका दुई काेराेना संक्रमितकाे मृत्यु

रातोपोस्ट संवाददाता
६२० पटक

झापा, ०१ कात्तिक।  कोरोना भाइरस (काेभिड-१९ )  संक्रमणका कारण झापामा  दुई पुरूषकाे  मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा न.  ५ का ५८ वर्षिय पुरूष र   शिवसताक्षी नगरपालिका वडा न. ११ दुधेका ५६ वर्षिय पुरूष रहेका छन् ।

दमक नगरपालिका वडा नं ५ का  ५८ वर्षीय पुरुषकाे घरैमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि  विहीवार स्वाब परीक्षणका लागि पठाइएको र शुक्रवार रिपोर्ट पोजिटिभ आएपछि राति नै उनको मृत्यु भएको परिवार स्राेतले बताएकाे छ  ।

यता शिवसताक्षी नगरपालिका ११ दुधेका ५६ वर्षीय पुरुषको भने धरान स्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कोभिड अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पीसीआरको रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)