News Portal

नेपाली फिल्मका पहिलो छायाँकार मास्केको निधन

रातोपोस्ट संवाददाता
४०२ पटक

काठमाडाैँ,०२ कात्तिक। कोरोना संक्रमणका कारण नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको ८३ वर्षको उमेरमा निधन भएको छ। विगत सात वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित मास्केलाई कोरोना संक्रमण देखिएकाे थियाे।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार निदान अस्पतालमा भर्ना गरिएको थियो। विसं २०२१ मा भारतको पुणेस्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’ छायांकन गरेका थिए। उनी फिचर फिल्म खिच्ने पहिलो नेपाली छायाँकार थिए। उनले रोयटर्स लगायत थुप्रै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका लागि पनि काम गरेका थिए । अघिल्लो बर्ष विरगंजमा आयोजित स्वर्णिम चलचित्र महोत्सवमा उनलाई नेपाली फिल्मका पहिलो छायाँकारको रुपमा सम्मान गरेको थियो ।

मास्केले ‘मनको बाँध’, ‘पच्चीस वसन्त’लगायत दुई दर्जन बढी चलचित्र छायांकन गरेका छन्। उनको शुक्रबार नै पशुपतिमा अन्त्येष्टि गरिएको छ।

प्रतिकृया दिनुहोस्