News Portal

  • नेबिसंघ हल्दिबारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    रातोपोस्ट संवाददाता
    १४७३ पटक

    झापा, २ कात्तिक  । झापाको हल्दिबारीमा नेबिसंघ हल्दिबारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    नेबिसंघ हल्दिबारी गाउँपालिका वडा – १ को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी भद्रपुरको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रगत दान गरेको नेबिसंघका झापा जिल्ला सञ्चार विभाग प्रमुख गोकुल पौडेलले जानकारी दिए ।

    नेबिसंघ हल्दिबारी गाउँपालिका वडा- १ का सभापती करन कटुवालको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ओम सरावगी रहेका थिए ।

    उक्त रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला,क्षेत्र, गाउँपालिकाका अग्रज नेता गण साथै जनप्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि, नेबिसंघ झापाका नेता लगायतको उपस्थिती रहेको थियो । सो रक्तदान कार्यक्रमको सञ्चालन नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नं.१का सचिव किशोर ढुङगेलले गरेका थिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)