News Portal

  • कांग्रेस र समाजवादीका १५१ कार्यकर्ता सत्तारुढ दल (नेकपा)मा प्रवेश

    राजन ठटाल
    ५८५ पटक

    खोटाङ, ०२ कात्तिक । जिल्लाकाे दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका गरी १५१ जना नेता तथा कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबेश गरेका छन्, । नेकपाले बतासेमा आयोजना गरेको कार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रमा नेपाली काँग्रेस तथा जनता समाजबादी पार्टीका १५१ जना नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।

    काँग्रेसका नेता रमेश राई, सुवास प्रधान र जनता समाजवादी पार्टीका ईश्वर कटुवाल, नेपाल महिला सङ्घकी प्रमिला थापा सहित १५१ जना काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ता नेकपा प्रवेश गरेका नेकपा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका इन्चार्ज चर्चबहादुर विश्वकर्माले बताए । काँग्रेस र समाजवादी पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र नेकपाकै केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ लगायतले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

    कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई सपथ ग्रहण गराउँदै प्रमुख अतिथि भट्टराईले पार्टीको नीति तथा निर्देशनमा रहेर जनताको हितमा काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेकपा खोटाङका सचिव राम दंगाल, जिल्ला सचिवालय सदस्य दिपक पाण्डे ‘आकाश’ लगायतका नेता तथा कार्यकर्ताको उस्थिति रहेको थियो ।

    नेकपाले जिल्लाका दश स्थानीय तहमध्ये सातवटामा शुक्रबार कार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रम गरेको थियो । कोरोना भाइरसका कारण साकेला, केपिलासगढी र खोटेहाङ गाउँपालिकामा उक्त कार्यक्रम नभएको नेकपा खाेटाङका प्रचार बिभाग प्रमुख संगिन राईले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)