News Portal

  • आज राति ८ बजेदेखि जिल्ला प्रशासन झापाद्वारा निशेधाज्ञा

    रातोपोस्ट संवाददाता
    ४२० पटक

    झापा, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय झापाले आज राति ८ बजेदेखि कोजाग्रत पूर्णिमासम्म निशेधाज्ञा जारी गरेको सूचना प्रकाशित गरेको छ ।

    कार्यालयले एक सूचना प्रकाशित गरेर २०७७ कार्तिक २ गते देखि कोजाग्रत पूर्णिमासम्म राति ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा हस्ताक्षर गरिएको सो सूचनामा अत्यावश्यक काममा बाहेक सो समय भित्र हिंडडुल, सवारी साधनको आवतजावत, पसल व्यवसाय आदि सञ्चालनमा रोक लगाइएको हो ।

    त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतसवाजीहरुको ओसारपसार नगर्न नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सदभाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदनप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न पनि सूचित गरेको छ ।

    धार्मिक शक्ति पिठहरुमा नित्य पूजा बाहेक भेला भएर भिडभाड मेला बजार आदि लगाउन पनि रोक लगाइएको छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पनि सो सम्बन्धिको निर्णय गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)