News Portal

झापामा मुड्की र ढुंगा प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

रातोपोस्ट संवाददाता
७०३ पटक

मेचीनगर, ३ कात्तिक । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ बाहुनडाँगीमा आईतबार बेलुका आफ्नै श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्,।

आइतबार साँझ करीब साढे ६ बजेको समयमा घरायसी विवादका क्रममा मेचीनगर ३ समायोजन टोलका ३४ वर्षिय पर्वत राईले २७ वर्षिय श्रीमती संगिता राईलाई मुड्की र ढुंगाले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले राताेपाेष्टलाई जानकारी दिए ।

घटना भए लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा संलग्न भनिएका पर्वतलाई आधा घण्टा भित्रमा नियन्त्रणमा लिएको र लाशलाई आवश्यक प्रक्रिया पुरा गरी पोसमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

केही समय अघीमात्र सामाजिक सञ्जाल फेसबुक मार्फत प्रेममा परी विवाह गरेका पर्वत र संगीता दुवै जनाले दैनिक जसो मदिरा सेवन गरेर झगडा गर्ने गरेको छिमेकीहरुले बताएको र प्रहरीकाे प्रारभ्भिक अनुमान अनुसार आइतबार साँझ पनि मदिरा सेवन गरेर झगडा गरेकै अवस्थामा पर्वतले संगितालाई हिर्काएर हत्या गरेको हुन सक्ने बताएकाे छ। पोखरेलका अनुसार पर्वतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको र उनलाई आजै अदालत लगेर म्याद थप गरीने उनले बताए।

प्रतिकृया दिनुहोस्