News Portal

कांग्रेस नेता गच्छदारकाे सम्पुर्ण सम्पत्ति रोक्का

रातोपोस्ट संवाददाता
१७२३ पटक

काठमाडाैँ , ३ कात्तिक। सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ।  बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको अवस्थामा नेता गच्छदारकाे सुनसरी र मोरङ्गमा रहेको  सम्पत्ति रोक्का गरिएकाे  हो।

गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ। उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो। विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जानकारी दिएकाे छ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधान तथा तत्कालीन भौतिक निर्माणमन्त्री गच्छदार, पूर्व मन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात, पूर्वमन्त्री एवं सचिव छविराज पन्त, दिनेशहरी अधिकारीसहित ६ विशिष्ट श्रेणीका पदाधिकारीलगायत १७५ जनाविरुद्ध अख्तियारले चलाएको मुद्दा विशेष अदालतमा विचाराधीन छ। ०७६ माघ २२ मा भ्रष्टाचार आरोपमा ११० जनालाई मुद्दा दायर गरिएको थियो भने ६५ जनाविरुद्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। उनिहरूलाई बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम दर्ता गराएको आरोपमा मुद्दा चलाइएको हो।

प्रतिकृया दिनुहोस्