News Portal

  • आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा ११ वर्षपछि दुई पक्राउ

    रातोपोस्ट संवाददाता
    ६५० पटक

    काठमाडौं,३ कात्तिक। आफ्नै सहकर्मी हत्याकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेेकाे छ। ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका -८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या गरेको अभियोगमा २ जनालाई घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी ननगरपालिका- ८ घर भएका ५१ वर्षीय भिमसेन ( घागा) मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेकाे प्रहरीले जनाएकाे छ ।

    उनीहरुले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको विँडले हानी, कुटपिट समेत गरी घाईते बनाएकोमा उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो । उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

    सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनापश्चात मामा भाञ्जा नाता पर्ने उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गई आफ्नो वास्तविक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन( घागा) मगरले अटो रिक्सा चलाउने गरेको समेत खुल्न आएको प्रहरिले जनाएकाे छ । उनीहरुलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको पनि प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)