
झापा,३ कात्तिक। पछिल्लाे २४ घण्टामा मेचिनगरका १० जना सहित झापामा थप ४८ जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि भएकाे छ भने एक जनाकाे मृत्यु भएकाे छ। संक्रमित हुनेहरूमा विर्तामाेडका ५ जना स्वास्थ्यकर्मी सहित २९ जना पुरूष र १९ जना महिला गरी ४८ जना रहेकाे र मृतक दमक वडा न. ३ कि महिला रहेकाे स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जिवन चौलागाईँले जानकारी दिएका छन्,।
संक्रमित हुनेहरूमा भद्रपुर वडा न. ३,६,८ र १० का ६ महिला र ९ पुरूष सहित १५ जना, विर्तामाेड वडा न. १,३,४,५ र ८ का ६ महिला र ५ पुरूष (५ स्वास्थ्यकर्मि सहित) ११ जना, अर्जुनधारा वडा न. ७ का १ पुरूष, बुद्दशान्ति वडा न. ४ का १ पुरूष,दमक वडा न. ६ का १ पुरूष ,कमल गाउँपालिका वडा न. ६ का १ पुरूष रहेका छन्,। त्यस्तै झापा वडा न. १ का १ महिला र १ पुरूष गरी २ जना, गाैरादह वडा न. १,४ र ५ का ३ महिला र ३ पुरूष गरी ६ जना र मेचिनगर वडा न. १,६,७,८ र १० का ३ महिला र ७ पुरूष सहित १० जना रहेका छन्,।
आजसम्म झापामा २८८४५ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या १४०७ पुगेकाे छ। त्यस्तै आजसम्म काेराेना जित्नेहरूकाे संख्या ९८१ रहेकाे छ भने आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या ४०६ रहेकाे छ। हालसम्म १७ जनाकाे मृत्यु भएकाे छ।