रातोपोस्ट संवाददाता

बिराटनगर,४ कात्तिक। जुवातास खेलिरहेका १२ जनालाई माेरङ्ग प्रहरीले साेमबार राती नगदसहित पक्राउ गरेको छ। जुवा खेलिरहेकाे भन्ने गोप्य सूचनाका आधारमा रतुवामाई नगरपालिका–७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोमा छापा मार्दा १४ हजार २ सय ७० रुपैयाँ नेपाली नाेट , ६ सय मलेसियन रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल सहित १२ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
चाडपर्वलाई मध्यनजर गर्दै जिल्लाभरी जुवाविरुद्ध अभियान थालेको र यसअघि पनि माेरङ्गका विभिन्न स्थानहरूबाट माेटाे रकमसहित जुवाडेहरूलाई पक्राउ गरिसकेकाे प्रहरीले जनाएकाे छ।