News Portal

ठूलो परिणामको लागुऔषधसहित दुई युवा पक्राउ

रातोपोस्ट संवाददाता
११२१ पटक

बिराटनगर, ४ कात्तिक। ठूलो परिणामको लागुऔषधसहित दुई युवालाई प्रहरीले मंगलबार बिहान  विराटनगरबाट पक्राउ गरेकाे छ।नेपाल -भारत सिमानाका जोगवनीदेखि नेपालतर्फ लिएर आउँदै गर्दा  प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।

विराटनगर–१६ दरैयाबाट बिहान ४ :१५ बजेकाे समयमा  उनिहरूकाे साथबाट ६२ बोतल डाइलेक्स डीसी, एक सय ८७ ट्याब्लेट नाइट्रोसन  र दुई सय ३८ ट्याब्लेट एस्पास्मोप्रोक्सिभन नामकाे लागुऔषध सहित  नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्