News Portal

सर्पले डसेर अस्पताल भर्ना भएका व्यक्तिमा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु

रातोपोस्ट संवाददाता
५५६ पटक

चितवन,४ कात्तिक। सर्पले डसेर उपचारका लागि अस्पताल भर्ना भएका एक व्यक्तिमा काेराेना भाइरस ( काेभिड- १९) काे संक्रमण पुष्टि भएकाे र उनकाे उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे छ।

सर्पले डसेर उपचार गराउन असोज १७ गते   चितवन मेडिकल कलेजको भरतपुर स्थित अस्पतालमा भर्ना भएका नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषकाे उपचारकाे क्रममा   मृत्यु भएकाे अस्पताल प्रशासनले जानकारी दिएकाे छ ।

सर्पले ङसेर अस्पताल भर्ना भएका उनकाे स्वाव परीक्षण गर्दा असोज १८ गते उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र अस्पतालको कोभिड आईसीयूमा उपचार गराइरहेका उनको मंगलबार बिहान ९ बजेर ५६ मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएकाे छ।

प्रतिकृया दिनुहोस्