रातोपोस्ट संवाददाता

काठमाडाैँ, ४ कात्तिक। सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप बनाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा पाल्पाकाे माथागढी गाउँपालीका वडा न. १ का अभिषेक नेपाल रहेका छन्,।
उनले सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप तथा पेज बनाई बलात्कार जस्ताे जघन्य अपराध गर्न दुरूत्साहन गर्ने तवरले अश्लिल तथा आपत्तिजनक सामग्री पाेष्ट गर्ने लगायतका कार्य गरिरहेकाे भन्ने सुचना तथा निवेदनकाे आधारमा अनुसन्धानका क्रममा उनि पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। यस विषयमा थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।