News Portal

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

रातोपोस्ट संवाददाता
६७७ पटक

काठमाडौं, ७ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत हालेका हुन । नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ३३ जना सांसद छन् । ति मध्ये पूर्व माओवादी केन्द्रका १० जना र पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका आठ जना सांसद बैठकमा उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्