News Portal

आज फुलपाती, घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइने

रातोपोस्ट संवाददाता
५२९ पटक

काठमाडौं, ७ कात्तिक । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाईदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने प्रचलन छ ।

फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्