News Portal

चर्च भवन भत्किँदा घानामा २२ जनाले ज्यान गुमाए

रातोपोस्ट संवाददाता
५५२ पटक

घाना, ८ कार्तिक । चर्च रहेको एउटा भवन भत्किँदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कयौँ घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

भत्किएको भवन ६ तले भवनबाट २२ जनाको शव निकालिएको छ। शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएको थियो। तर पछि चार जनाको शव भेटिएको हो।

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन्। घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।रासस

प्रतिकृया दिनुहोस्