News Portal

नवरात्रको नवौं दिन आज सिद्धिदात्रीको पूजा आराधना गरि मनाईंदै

रातोपोस्ट संवाददाता
४२८ पटक

काठमाडौं, ९ कार्तिक । नवरात्रको नवौं दिन आज सिद्धिदात्रीको पूजाआज गरिँदैछ ।

घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गर्छन् ।

घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको नवौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो ।

घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ ।

नवौं दिन सिद्धिदात्रीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

प्रतिकृया दिनुहोस्