News Portal

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिबाट टीका

रातोपोस्ट संवाददाता
५९२ पटक

काठमाडौं, कार्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् ।

प्रधानमन्त्री ओली सोमबार दिउँसो राष्ट्रपति निवास शीतलनिवास पुगेर दसैँको टीका लगाएका हुन् ।प्रधानमन्त्रीका बुबा गृह जिल्ला झापामा रहेकाले ओलीले राष्ट्रपति भण्डारीको हातबाट दसैँको टीका लगाएका हुन् ।

ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।

प्रतिकृया दिनुहोस्