News Portal

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
७५८ पटक

काठमाडौं, ११ कार्तिक । हास्यकलाकार मनोज गजुरेलाई कोरोना पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी गराएका छन् ।

टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको उनले उल्लेख गरेका छन् । कोरोना पुष्टिपछि सेल्फ आइसोलेसनमा रहेको समेत उनले बताएका छन् ।

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन समेत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्