News Portal

  • फ्रान्समा बनेको सामान नकिन्न टर्कीका राष्ट्रपतिको आव्हान

    रातोपोस्ट संवाददाता
    ४२४ पटक

    एजेन्सी, ११ कात्तिक । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले फ्रान्समा बनेका सामग्री नकिन्न आव्हान गरेका छन्। फ्रान्समा मुसलमानप्रति लिएको कडा नीतिको विरोध गर्दै इर्दोगानले यस्तो अपिल गरेका हुन्।

    टेलिभिजनमा दिएको सम्बोधनमा उनले भनेका छन्, ‘फ्रान्सको लेबल लगाइएको सामान नकिन्नुहोस्, तिनीहरुलाई वास्ता नगर्नुहोस्।’
    उनले फ्रान्समा मुसलमानप्रति दमन भए विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि बढ्ने चेतावनी पनि दिए।

    यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कट्टरपन्थी इस्लामको विरोधमा धर्मनिरपेक्षताको सुरक्षा गर्ने बताएका थिए। पछिल्लोपटक फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन देखाएको भन्दै एक शिक्षकको हत्यापछि इस्लामको विषयमा विवाद भएको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)