News Portal

बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४८९ पटक

झापा, १२ कात्तिक । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले मंगलबार पिसीआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए।

पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्