News Portal

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

रातोपोस्ट
४२८ पटक

काठमाडौँ, १४ कात्तिक । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन् । पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन् ।

नौलो अनुभव ग¥यौँ
पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी भए । सधैँ भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगालेका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उनले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गरे ।

परीक्षा नौलो र रमाइलो अनुभूति भए पनि समय व्यवस्थापनका हिसाबले भने चुनौतीपूर्ण रहेको अनुभव उनी सुनाउँछन् । घरमा बसेर परीक्षा दिँदा समय व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण भएको उनी बताउँछन् ।

“परीक्षा केन्द्रमा नभई घरमै परीक्षा दिए पनि यताउता सल्लाह गर्ने तथा किताब कापी हेर्न लागेको अवस्थामा भने पूरै प्रश्न भ्याउने सम्भावना हुँदैन”, उनी भन्छन् । घरबाटै परीक्षा दिँदा प्रविधिको हिसाबले भने सधैँ समस्या भइरहने अनुभव छ परीक्षार्थीको । खासगरी उत्तरपुस्तिका लेखन सकेपछि सम्बद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पुगे नपुगेको विषयले भने सधैँ तनाव बनाउने गरेको अनुभव विद्यार्थीको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्