News Portal

आइपिएल : कोलकातामाथि चेन्नईको रोमान्चक जित

रातोपोस्ट संवाददाता
६७८ पटक

काठमाडौं, १४ कात्तिक । चेन्नई सुपर किङ्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । दुबईमा गएराति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिलो व्याटिङ गरेको कोलकाताले दिएको १७३ रनको लक्ष्य चेन्नईले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा भेटेको हो ।​ चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ७२ रन बनाए भने अम्बाती रायडूले ३८ रनको योगदान दिए ।

त्यस्तै रविन्द्र जडेजाले अविजित ११ बलमा ३१ रन बनाए भने शेन वाटशनले १४, साम कुरानले १३ र कप्तान मेहन्द्र सिंह धोनीले एक रन बनाए । कोलकोताका बलर पाट कमिन्स र वरुण चक्रवर्तिले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको हो । कोलकोताका लागि नितिश रानाले सर्बाधिक ८७ रन बनाएका थिए । उनले ६१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए ।

त्यस्तै शुभमन गीलले २६ रन बनाए भने सुनिल नारनले ७, रिंकु सिंहले ११ रन बनाए । त्यस्तै कप्तान इयोन मोर्गनले १५, राहुल त्रिपाठीले अविजिती ३ र दिनेश कार्तिकले अविजित २१ रन बनाए । चेन्नईका बलर लुंगी एनगिडीले २ विकेट लिए भने मिचेल सान्टनर, रविन्द्र जडेजा र करण शर्माले एक–एक विकेट लिएका थिए ।

तालिकाको पुछारमा रहेको चेन्नईले जितसँगै १३ खेलमा १० अंक जोडेको छ । पाँचौ स्थानमा रहेको कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्