News Portal

  • काभ्रे पोस्टका सम्पादक चौलागाईंको निधन

    रातोपोस्ट संवाददाता
    ५५३ पटक

    काठमाडौ, १४  कात्तिक । कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंंको निधन भएको छ। काभ्रे पोष्ट दैनिकको प्रधानसम्पादक रहेर पत्रकारितामा संक्रिय रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। तर ज्वरो बढेपछि कात्तिक १ गते उपचारका लागि ओम अस्पताल चावहिलमा भर्ना गरिएको थियो।

    ब्रोनकाइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। उनको उपचारका क्रममा ओम अस्पतालमा आज बिहान ४ बजे निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)