रातोपोस्ट संवाददाता

झापा, १४ कात्तिक । कोरोना भाइरस सङ्क्रमणका कारण शिवसताक्षीका एक युवकको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ (साविक धरमपुर -६) का एक युवाको कोरोना कारण मृत्यु भएको हो ।
होम आइसोलेसनमा बसेका उनलाई स्वासप्रश्वासमा समस्या देखिन थालेपछि दुई दिनअघि नोवेल अस्पताल विराटनगर लगिएको शिवसताक्षीको सतासी प्राविको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए ।
उनका अनुसार संक्रमित युवकको आज मृत्यु भएको हो । मृतकको आजै नेपाली सेनाको टोलीले कनकाई माईमा दाहसंस्कार गर्ने अधिकारीले जानकारी दिए । मृतकका भाईको पनि वैदेशिक रोजगारीमा गएका बेला उतै कोरोनाको कारण निधन भएको बताइएको छ