News Portal

झापा पत्रकार महासंघका अध्यक्ष सापकोटालाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४२६ पटक

झापा, १४ कात्तिक । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना भाइरस संक्रमण भएको छ ।

केही दिनदेखि ज्वरो आउने, जिउ तथा टाउको दुख्ने भएपछि अध्यक्ष सापकोटाले कन्काइ स्थित कोरोना प्रयोगशालामा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए ।

शुक्रबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । हाल शिवसताक्षी नगरपालिका वडा नं.७ चन्द्रडाँगीस्थित होम आइसोलेशनमा रहेका सापकोटाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्