News Portal

कलाकार सुशिला दाहालको ६७ वर्षको उमेरमा निधन

रातोपोस्ट संवाददाता
४४८ पटक

काठमाडौं, १४ कात्तिक । पछिल्लो समय अमेरिकामा बस्दै आएकी कलाकार सुशिला दाहालको निधन भएको छ । कलाकार दाहालको विहीबार ६७ वर्षको उमेरमा क्यान्सरका कारण अमेरिकाको बस्टनमा निधन भएको हो ।

कलाकार सुशिलाको निधन भएको ३ दिनअघि मात्रै श्रीमान बद्री दाहालको पनि अस्ट्रेलियामा मृत्यु भएको जानकारी गराइएको छ । उनकी एक छोरा र एक छोरी छन् ।

उनले ‘मह जोडी’सँग चर्चित टेलिसियरयल ‘लालपूर्जा’, ‘चिरञ्जीवी’, ‘भकुन्डे भुत’लगायतमा अभिनय गरेकी थिइन् । उनको निधनप्रति हाँस्य कलाकार हरिबंश आचार्यले दुःख ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्