News Portal

२४ घण्टामा थपिए ३५१७ नयाँ संक्रमित, १६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४४६ पटक

काठमाडौँ, १४ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको हाे । शुक्रबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४,०९६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,२८,९५८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

प्रतिकृया दिनुहोस्