News Portal

भन्सार छलेर ल्याउँदै गरेको १ लाख बराबरको पटाका बरामद

रातोपोस्ट संवाददाता
४३६ पटक

झापा, १५ कात्तिक । मेचीनगरमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको एक लाख मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं.१५ हेल्दुबारीबाट शुक्रबार साँझ ७:३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल गरी एक लाख बराबरको सामान बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्