News Portal

झापामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
९०७ पटक

झापा, १६ कात्तिक । झापामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३१ महिला र ४५ जना पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा २० महिलासहित ४५ जना, कमलमा ४ महिला र ७ पुरुष गरी ११ जना, मेचीनगरका २ महिला र ४ पुरुष गरी ६ जना, बिर्तामोडका २ महिला र ३ पुरुष गरी ५ जना, गौरादहका १ महिला र २ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, शिवसताक्षीमा १ महिला र १ पुरुष, कनकाई, अर्जुनधारा र बुद्धशान्तिमा १–१ जना पुरुषमा संक्रमण भएको छ भने बाह्रदशी गाउँपालिकामा एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा संक्रमितको संख्या २०९५ पुगेको छन् भने १३०७ जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस्