News Portal

राजदूतमा सिफारिस तीन जनाले लिए सपथ

रातोपोस्ट संवाददाता
५४२ पटक

काठमाडौं, १६ कार्तिक । तीन जना नवनियुक्त राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले आइतबार राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सरकारले साढे दुई महिनाअघि राजभण्डारीलाई बेल्जियम, अधिकारीलाई पाकिस्तान र खड्कालाई जर्मनीका लागि राजदूत नियूक्त गरेको हो।

प्रतिकृया दिनुहोस्