News Portal

बेवारिसे शवको पहिचान नखुलेपछि प्रहरीले गर्‍यो फोटो सार्वजनिक

रातोपोस्ट संवाददाता
६०९ पटक

काठमाडौं, १७ कात्तिक । काभ्रेको बनेपा नगरपालिका ११ सिनागालस्थित वडा कार्यालय नजिक फेला भएको शवको पहिचान खुल्न सकेको छैन । शवको अझै पहिचान नखुलेपछि प्रहरीले शवको फोटो सार्वजनिक गर्दै पहिचानका लागि आग्रह गरेको छ ।

कार्तिक १५ गते दिउँसो ३ः२० बजे वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटो मुनि उत्तानो अवस्थामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५/३६ वर्ष जस्तो देखिने पुरूष व्यक्तिलाई कर्तव्य गरी हत्या गरिएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । बेवारिसे शव फेला परे लगत्तै घटनास्थलमा प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।

घटनास्थल लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवको पहिचान र पोस्टमार्टमका लागि आफन्तहरु खोजतलास गर्ने क्रम शुरु गरिएको हो । प्रहरीका अनुसार शव पहिचानको लागि धुलिखेल अस्पताल धुलिखेलको शव गृहमा सुरक्षित राखिएको छ ।

अन्दाजी ३५/३६ वर्षको पुरुष व्यक्ति, उचाई अन्दाजी ५।५ इन्च भएको, गोलो अनुहार, लामो कालो कपाल, दाह्री जुँगा पालेको, छालाको खैरो ज्याकेट, खरानी रंगको हाफ भेष्ट, निलो जिन्स पाईन्ट, स्पोर्ट फेसन लेखेकोनिलो जुत्ता, कालोबेल्ट लगाएका ब्यक्तिको पहिचान गर्न सकिएको छैन । प्रहरीले कोहि हराईरहेको भए वा शंकास्पद अवस्थामा तत्काल खवर गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)