News Portal

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
१०५१ पटक

काठमाडाैं, १७ कार्तिक । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २४ जनाको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाका सिकिस्त बिरामी र मृतकको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको देखिएको छ। आइतबार मात्रै कोरोनाबाट २३ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरो संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १७६५०० जना पुगेको छ।

मन्त्रालयका अनुसार आज ३१५० जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या १३७९९२ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ३७५२४ रहेको छ भने क्वावरेन्टिनमा २११९ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)