रातोपोस्ट संवाददाता

पोखरा, १८ कात्तिक । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।
कांग्रेसको वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए ।
६३ वर्षीय केसीको गएराति पोखरा-७ स्थित निवासमा निधन भएको हो । प्रतिनिधिसभाका सांसद रहेका केसी राप्रपा छाडेर ०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेस छिर्नुअघि उनी पहिलो संविधानसभामा राप्रपाबाट सभासद थिए । पोखराका प्रतिष्ठित व्यवसायी समेत रहेका उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।