News Portal

केसीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

रातोपोस्ट संवाददाता
६८८ पटक

काठमाडौं,१८ कात्तिक । नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ। मंगलबारदेखि बिहीबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने पार्टीले जनाएको छ।

बुधबार केन्द्र र जिल्लाका कार्यालय बन्द रहने जनाइएको छ। १३औं दिनमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उद्योगी समेत रहेका केसीको गत राती पोखरास्थित घरमा निधन भएको थियो।

प्रतिकृया दिनुहोस्