News Portal

  • पूर्वसभामुख महरा पत्नीकाे निधनप्रति नेकपाका अध्यक्ष दाहालद्वारा दु:ख व्यक्त

    रातोपोस्ट संवाददाता
    ६३५ पटक

    काठमाडाैं, १९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

    उनले ट्वीटरमार्फत मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

    “पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवनसंगीनी सीता महराको आज बिहान ६:२५ बजे नर्भिक हस्पिटलमा असामयिक निधनको खबरले दुःख लागेको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,” अध्यक्ष दाहालले लेखेका छन्।

    काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकी सीताकाे आज बिहान नर्भिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)