News Portal

  • अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ

    रातोपोस्ट संवाददाता
    ३४६ पटक

    एजेन्सी, १९ कात्तिक । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् ।

    ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए ।

    शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।

    उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)