News Portal

गाउँपालिका अध्यक्ष भुजेल कोरोनामुक्त

रातोपोस्ट संवाददाता
४६२ पटक

झापा, १९ कात्तिक । झापाको बुद्धशान्ति गाउपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले कोरोनामुक्त भएका छन् ।

दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा आज उनको रिर्पोट नेगेटिभ आएको हो । छातीमा समस्या देखिए पछि बिराटनगर स्थित नोबेल अस्पताल भर्ना भएका अध्यक्ष भुजेलको पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कात्तिक ६ गते देखि घरमै होम आइसुलेशनमा बसेका अध्यक्षको रिपोर्ट नेगेटिभ आए पनि चिकित्सकको सल्लाह अनुसार अझै एक साता घरमै आराम गर्नेछन् ।

प्रतिकृया दिनुहोस्