News Portal

बाइडेन जितको नजिक, ट्रम्प भन्दा ३३ लाख भोटले अगाडि

रातोपोस्ट संवाददाता
४९९ पटक

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मतगणना चलिरहँदा राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीतको नजिकै पुगेका छन् ।

पछिल्लो रिपोर्टअनुसार बाइडेनले २६४ इलेक्टोरल सिट जितेका छन् भने राष्ट्रपति ट्रम्पले २१४ सिट जितेका छन् ।

बाइडेनलाई अब राष्ट्रपति बन्न केवल ६ इलेक्टोरल सिट सिट चाहिन्छ । कूल ५३८ इलेक्टोरल सिट भएको अमेरिकामा २७० सिटले बहुमत पुग्छ । ४ सय ७८ इलेक्टोरल सिटको नतिजा आइसकेको छ र ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ ।

बाइडेनको लोकप्रिय ७ करोड १५ लाखभन्दा माथि पुगिसकेको छ । ट्रम्पको लोकप्रिय मत भने ६ करोड ८२ लाखभन्दा बढी भएको छ । बाइडेन लोकप्रिय मतमा पनि ट्रम्पभन्दा झण्डै ३३ लाख मतले अगाडि छन् ।

अब २० इलेक्टोरल सिट भएको पेन्सलभेनिया, १५ इलेक्टोरल सिट भएको नर्थ क्यारोलिना, १६ इलेक्टोरल सिट भएको जर्जिया, ६ इलेक्टोरल सिट भएको नेवादा र ३ इलेक्टोरल सिट भएको अलास्का गरी कूल ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ । यीमध्ये नेवादामा मात्र बाइडेन अगाडि छन् । बाँकी सबै राज्यमा ट्रम्प अगाडि छन् ।

यद्यपि बाइडेनलाई चुनाव जित्न अहिले अग्रता लिइरहेको नेवादाको ६ सिट मात्र जिते पुग्छ किनकि उनको २६४ इलेक्टोरल सिट पुगिसकेको छ र यो ६ सिटले उनको २७० सिट अर्थात बहुमत पुग्नेछ । ट्रम्पले अहिले अग्रता लिइरहेका सबै राज्यमा जितेमा उनको कूल ५४ सिट थपिनेछ । यस्तोमा उनको २६८ सिट मात्र हुनेछ ।

राष्ट्रपति बन्नका लागि बाइडेनलाई रोक्न ट्रम्पसँग नेवादामा बाइडेनको अग्रता रोक्ने विकल्प छैन । नेपादाको ६ सिटमा बाइडेनलाई कुनै हालतमा रोक्न नसके उनको बहुमत पुग्नेछ । अर्कोतर्फ ट्रम्पले बाँकी राज्यको मतगणना तत्काल रोक्न माग गर्दै अदालतमा मुद्दा हालेका छन् । उनले चुनावमा धाँधली भएको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्