News Portal

भारतीय सेना प्रमुख नरवणे माउन्टेन फ्लाईट गर्दै सोलुखुम्बुमा

रातोपोस्ट संवाददाता
४६४ पटक

काठमाडौं,२१ कार्तिक । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले माउन्टेन फ्लाइट गरेका छन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि खरिद गरिएको हेलिकप्टरमार्फत शुक्रबार माउन्टेन फ्लाइट गराइएको सैन्य स्रोतले जनाएको छ।

तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु गएका हुन्। माउन्टेन फ्लाइटपछि उनले खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा रहेको होटल एभरेष्ट भ्यूबाट सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ।

सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर उचाइमा रहेको र त्यहीँ बसेर उनले ब्रेकफास्ट गरेर काठमाडौं फर्कने छन्।

त्यहाँबाट फर्केपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेले भेटवार्ता गर्ने र त्यहाँबाट शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। भारतीय सेना प्रमुख नरवणे आजै स्वदेश फर्कने छन्।

प्रतिकृया दिनुहोस्