News Portal

कलाकार गजुरेलको अवस्था गम्भीर, आईसियुमा उपचार हुँदै

रातोपोस्ट संवाददाता
५२० पटक

काठमाडौं, २१ कात्तिक । चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेलको अवस्था गम्भीर बन्दै गएपछि विहीबार आईसियुमा सारिएको छ ।

बुधबार थप उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएका उनलाई विहीबार आईसियुमा सारिएको हो । कोरोना संक्रमण देखिएपछि उनी घरमै आइसोलसनमा बसिरहेका थिए । उनले आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

उनले सोमबार फेसबुकमार्फत् आफ्नो अवस्थाबारे जानकारी दिएका थिए । ‘अझै पुर्ण सुधार भैसकको छैन । शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको छ । माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको छैन तर स्विचअफ भने गरेको छैन,’ उनले लेखेका थिए, ‘किनभने साईलेन्ट नै सही, तपाईंका कल, म्यासेज र कामनाका तरंगले आत्मवल उच्च बनाई रहेको छ । सकेसम्म सबैजना कोरोनाबाट जोगिन सक्नुहोस् । संक्रमितहरुलाई आत्मवल मिलोस् ।’

प्रतिकृया दिनुहोस्