News Portal

  • प्रचण्डले बोलाएको बैठकमा बादल नजाने

    रातोपोस्ट संवाददाता
    ७५ पटक

    काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित नहुने भएका छन् ।

    पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद छलफलका माध्ययमबाट समाधान खोज्न प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा नजाने कारणबारे बादलले केही बताएका छैनन् ।

    दिउँसो ३ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा पूर्व माओवादी पक्षका नेता बादल नजाने भएपछि बैठक बस्ने वा नबस्ने अन्योल बढेको छ ।

    पूर्व माओवादी खेमाका बादल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । नेकपाका अध्यक्ष समेत रहेका ओलीसँग असन्तुष्ट सचिवालय बैठकमा थापा पुग्ने गरेपनि आजको बैठकमा नजाने भएका हुन् ।

    पार्टीका अर्का अध्यक्ष ओलीसँग टकराव बढेका बेला प्रचण्डले आफूखुसी बोलाएको बैठकमा ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल समेत अनुपस्थित हुने स्रोतले बताएको छ ।

    यसअघि बिहीवार ओली र प्रचण्डबीच बालुवाटारमा करिव ३ घण्टा भेटघाट भएको थियो । चुलिएको पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्षद्वयबीच भेटघाट भएपनि कुनै निष्कर्ष भने निस्किन सकेको थिएन।

    प्रतिकृया दिनुहोस्