News Portal

  • काँग्रेसका थप ६ केन्द्रीय सदस्यमा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    २६८ पटक

    काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि भएको हो ।

    शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    ६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ ।

    यसअघि पनि कांग्रेसका केही केन्द्रीय सदस्यलाई कोरोना देखिएको थियो । शुक्रबारदेखि शुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनेहरूको पीसीआर परीक्षण गरिएको थियो।

    तर केन्द्रीय कार्यसमिति बैठक २४ गतेलाई सारिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)