News Portal

शुक्रबार देशभर २९०९ संक्रमित थपिए, १८ को निधन

रातोपोस्ट संवाददाता
४७४ पटक

काठमाडौं, २१ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २९०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

शुक्रबार थपिएकासँगै देशभर कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८४३ पुगेको छ । हालसम्म १ लाख ५२ हजार ९०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारमात्रै ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख १७ हजार ३४३ पिसिआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्