News Portal

  • प्रचण्डले राखेको बैठक सकियो, ओलीलाई औपचारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय

    रातोपोस्ट संवाददाता
    ५७० पटक

    काठमाडौं, २१ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बसेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । पाँच सचिवालय सदस्यको उपस्थित रहेको अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

    यस अघि प्रचण्डले प्रधानमन्त्री ओलीलाई पटक पटक बैठक बोलाउन आग्रह गरेपनि प्रधानमन्त्री ओलीले नमानेकाले आज अनौपचारिक बैठक बसेको प्रवक्ता श्रेष्ठले जानकारी गराए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले औपचारिक बैठक बोलाएमा पार्टी फुट्ने सिलसिला त्यहीबाट शुरु हुने बताएको हुनाले उनकै सहमतिमा अनौपचारिक बैठक बसेको स्पष्ट गरे ।

    साथै शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सामुहिक रुपमा नै पार्टीको बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीसहित, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा भने अनुपस्थित थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)