News Portal

  • ताप्लेजुङ विमानस्थल स्तरोन्‍नति चैतसम्म हुने

    रातोपोस्ट
    ६७२ पटक

    ताप्लेजुङ, २१ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको शुक्रवार अवलोकन गरेका छन् ।

    सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । प्रदेश नं १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए ।

    अहिले ५५ ओटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ ओटा विमानस्थल कालोपत्र भइसकेको उनले जानकारी दिए ।ताप्लेजुङ सुकेटार विमानस्थलको ७०० मिटर क्षेत्रमा स्तरोन्नति भइरहेको र थप १५० मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको बताइएको छ ।

    कालोपत्र गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजना तयार भएको बताइएको छ । आर्थिक वर्ष २०७६/ ७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि रू. १६ करोड बजेट विनियोजन भएको थियो ।

    फुङलिङ नगरपालिका वडा नं ६ मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले रू.८ करोड ९९ लाख ५० हजार ३४९ मा ठेक्का पारेको थियो । आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजदेखि विमानस्थल स्तरवृद्धिको कार्य शुरु भएको हो । रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)